प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा वाग्ले, उपाध्यक्षमा कार्की
प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा वाग्ले, उपाध्यक्षमा कार्की
    • बेल संचार

    • २२ चैत्र २०७८, मंगलवार

प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको छ। नेपकपा एकीकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्षसमेत रहेका वाग्लेलाई सदस्यसचिवमा नियुक्त गरेको हो।

नेकपा एकीकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्षसमेत रहेका वाग्लेले राष्ट्रिय पुरुष भलिबल टोलीबाट पनि खेलेका थिए।

यस्तै खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग कार्की नियुक्त भएकी छन्। कार्की नेपाली काङ्ग्रेसको कोटाबाट उपाध्यक्ष बनेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव परशुराम बस्नेत र उपाध्यक्ष बाबा मेन्याङ्वोलाई जिम्मेबारीबाट हटाएको थियो।

यो सँगै बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको अध्यक्षमा माओवादी निकट डाक्टर पूर्ण लक्समलाई नियुक्त गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित