एमालेले गरेन निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर
एमालेले गरेन निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर
    • बेल संचार

    • २२ चैत्र २०७८, मंगलवार

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन आचार संहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको छैन।

मंगलबार निर्वाचन आयोगले स्थानीय चुनावका लागि आचार संहितामा प्रतिबद्धता माग्न बैठक बोलाएको थियो। आयोगले जारी गरेको आचार संहिताबारे जानकारी नै नदिई प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै साना दलले नाराबाजी गरेका थिए।

साना दल र आयोगको होहल्लाले गर्दा आज प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने वातावरण नभएको एमालेले जनाएको छ।

‘निर्वाचन आचार संहितामा हाम्रो प्रतिबद्धता छ तर आज साना दल र आयोगबीच होहल्लाले गर्दा हस्ताक्षर गर्ने वातावरण बनेन’, एमाले निर्वाचन विभागका उपप्रमुख  निरज आचार्य भने।

राम्ररी छलफल र बहस हुन नपाएको भन्दै एमालेले हस्ताक्षर गर्न नमानेको हो।

केही साना दलका प्रतिनिधिहरूले नाराबाजी गरे पनि आयोगले उनीहरूको माग सुनुवाइ गरेन। आयोगले चैत ३ गते आचार संहिता राजपत्रमा प्रकाशित गरिसकेको छ।

केही दलका तर्फबाट सहभागी भएका प्रतिनिधिले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर फर्किएका छन्।

 

प्रधानमन्त्रीले नै टेरेनन् निर्वाचन आचारसंहिता, उलङ्घन गर्नेलाई यस्ताे  हुनसक्छ कारवाही

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

साताकाे चर्चित
सम्बन्धित