इन्स्पेक्टर डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने गृहको तयारी
इन्स्पेक्टर डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने गृहको तयारी
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी गरेको छ।

उनी सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत थिइन्।

लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उनीमाथि कारबाही गर्न लागिएको हो।

उनी गत फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी थिइन्।

पदीय जिम्मेवारी र आचरणविपरीत कार्य गरेको देखिएकोले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको हो।

सजाय गर्नु नपर्ने कुनै कारण भए पेश गर्न पनि मन्त्रालयले सार्वजनिक सूचना निकालेर जानकारी गराएको छ। सात दिनभित्र कारण खुलाउनसमेत समय दिएको छ।

साताकाे चर्चित
सम्बन्धित