गोविन्द भट्टराईको नेतृत्वमा कांग्रेसले बनायो युवा प्रचार नेटवर्क
गोविन्द भट्टराईको नेतृत्वमा कांग्रेसले बनायो युवा प्रचार नेटवर्क
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा ‘कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेको छ।

वैशाखमा हुने स्थानीय चुनावका लागि केन्द्रीय प्रचारप्रसार समितिको चैत २२ को निर्णयअनुसार समिति संयोजकसमेत रहेका प्रवक्ता प्रकाशशरण महतले भट्टराईको संयोजकत्वमा प्रचार नेटवर्क उपसमितिको गठन गरेका हुन्।

उक्त उपसमिति सदस्यहरूमा पुष्पकुमार शाही, विकास केसी, संजय यादव, रामप्रसाद अधिकारी, पवन यादब, निलकण्ठ रिजाल, कृष्णकुमारी बस्नेत, मुक्ति पौडेल, तुलसा पन्त, सरोजकुमार थापा, उर्मिला थपलिया, मनोज बैद्य, बलदेव तिमिल्सेना, कमला न्यौपाने, प्रेमराज जोशी, प्रकाश घिमिरे, एलिजा ढकाललगायत मनोनीत भएका छन्।

अधिकांश नेविसंघका नेताहरूलाई समेटेर उपसमिति गठन गरिएको हो।

समिति सदस्यहरूमा महिला प्रतिनिधित्व कम भएकोमा विरोध भएको छ।

एक सय ९६ सदस्यीय समितिमा जम्मा २३ जना मात्रै महिला राखिएको छ। उपसमितिमा महिला सदस्य कम भएको भन्दै संयोजक भट्टराईको मोबाइलमा म्यासेजसमेत पठाएर विरोध गरिएको छ।

 

 

 

 

साताकाे चर्चित
सम्बन्धित