काँग्रेस बाँकेका प्रभावशाली नेता चलाउने पनि काेहलपुर नगर प्रमुखकाे अाकाक्षी
काँग्रेस बाँकेका प्रभावशाली नेता चलाउने पनि काेहलपुर नगर प्रमुखकाे अाकाक्षी
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले आप्mना चुनावी गतिविधीहरु शुरु गरिसकेका छन् । मुलुक संघीय संरचनामा गइसकेपछि स्थानिय तहको दोस्रो निर्वाचनका लागि कोहलपुर नगरपालिका प्रमुख (मेयर)को आंकाक्षीमा नेपाली काँग्रेसका युवा नेता निम बहादुर चलाउनेले पनि आपूmलाई अघि सारेका छन् । कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष समेत रहेका काँग्रेस नेता चलाउने जिल्लाको राजनीतिमा प्रभावशाली व्यक्तित्व कायम राखेका नेता पनि हुन् ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा लोकप्रिय मत सहित वडा नं. १० बाट बिजयी भएका चलाउने वडाध्यक्षमा निर्वाचित भइसकेपछि उनले दैनिक भ्रमण भत्ता, यातायात भत्ता लगाएत अन्य शिर्षकका कुनै पनि भत्ता लिएका छैनन् ।

अन्य वडाको तुलनामा विकासमा वडा नं. १० सफल हुनुको पछाडी उनको विशेष रणनीतिहरु सफल रुपमा कार्यान्वयनमा ल्याउन सफल उनले आफ्नो पारिश्रमिकबाट केही रकम वडा तथा नगर क्षेत्रमा रहेका अति विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति तथा न्यून मजदुर श्रमिकवर्गहरुलाई आर्थिक सहायता गर्दै आइरहेका छन् । वडाध्यक्षमा निर्वाचित भएपछि उनले कोहलपुर नगरपालिकामा हुने गरेर आर्थिक अनियमितता र सुशासनका पक्षमा खरो रुपमा प्रस्तुत हुँदै आएका छन् ।

कोहलपुर नगर कार्यपालिकामा सशक्त प्रतिपक्षी दलको नेताको रुपमा समेत परिचित छन् । उनले नगरपालिकाभित्र हुने चरम आर्थिक अनियमितता, नियम तथा ऐनविपरित हुने निर्णयहरुको विरोध गर्दै आर्थिक पारदर्शिताको मुद्दामा नगरपालिकालाई सहि मार्गमा डो¥याउन सक्रिय रहेका थिए ।

नेपाली काँग्रेस बाँके जिल्ला कार्यसमिति सदस्य समेत रहेका चलाउनेमा नेतृत्व लिन सक्ने क्षमता छ । कार्यकर्ताको भावना बुझ्ने, दुख पर्दा अहोत्र खटिने र सहयोगी भावनाका चलाउने कोहलपुर क्षेत्र मात्र नभई जिल्लाभरका नागरिकमाझ लोकप्रिय छन् ।

कोहलपुरको मेयर पदमा नेपाली कांग्रेसबाटै भानुभक्त भट्टराई, बलराम शर्मा, राजेन्द्र श्रेष्ठ , चिन्तामणि धिताल, चक्र अधिकारी लगाएत पनि आंकाक्षीको रुपमा आपूmलाई प्रस्तुत गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित