मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट सहीरूपमा प्रयोग हुनुपर्छ : मुख्यमन्त्री शाही   
     मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट सहीरूपमा प्रयोग हुनुपर्छ : मुख्यमन्त्री शाही   
    • बेल संचार

    • २६ चैत्र २०७८, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने बताउनुभएको छ । उहाँले नेता, कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने स्पष्ट पार्नुभयो । जुम्लामा आज आयोजित मुख्यमन्त्री रोजगार कार्यक्रम विषयक अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले अतिविपन्न नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा तहले निर्णय गरेर पाँचवटा योजना गाउँपालिकामा पठाउने, गाउँपालिकाले निर्वाचित प्रदेशसभा सदस्य संयोजकत्वको समितिमा जस्ताको तस्तै वडाका योजना पठाउनुपर्छ । अनि मात्रै समितिले पाँचमध्ये छानेर तीन योजना मुख्यमन्त्री कार्यालयमा पठाउने छ । मुख्यमन्त्री शाहीले विधि र प्रक्रिया नजान्दा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमले खासै परिवर्तन ल्याउन नसकेको बताउनुभयो ।

मुख्यमन्त्री रोजगार कार्यक्रमको करोडौँ रकम जिल्लामा आउने भए पनि गाउँमा कुनै काम हुनसकेको छैन । मुख्यमन्त्री शाहीले भन्नुभयो, “अनलाइन दर्तादेखि हरेक विधि अपनाउँदा पनि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेन । अब कार्यक्रमबाट तर्जुमा भएका योजना बजेटमा प्रकाशित गरेर रातो किताबमा समेत समेटिने गरी तयारी भइरहेको छ । कार्यक्रम आफूले ल्याएको भन्ने र आफ्नै मान्छे उपभोक्ता समितिमा राख्ने कार्यले काम नतिजामुखी हुनसकेको छैन । यहाँका अतिविपन्न नागरिक मर्कामा परेका छन् । अब त्यसो हुन दिने छैनौँ ।”

खेलाडीलाई पुरस्कार

त्यसैगरी आजै जुम्ला रारा अल्ट्रा म्याराथनको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट विजयी भएका छन् । कर्णाली स्पोट्र्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा पुरुषतर्फ विक र महिलातर्फ विष्ट प्रथम भएको क्लबका अध्यक्ष सरोज शाहीले जनाकारी दिनुभयो ।

सोह्र वर्षमुनिका दौडमा विजेता खेलाडीलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई रु पाँच हजार र तृतीयलाई रु तीन हजार पुरस्कार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पुरस्कार वितरण गर्नुभयो । पुरस्कार वितरण कार्यक्रममा उहाँले कर्णाली खेल क्षेत्रमा अब्बल भएको बताउनुभयो । खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ हेरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विश्व कीर्तिमानी धावक कर्णालीमै छन्, उनीहरूलाई प्रदेश सरकारबाट सम्मान गरिने छ ।” सो दौडमा १५६ खेलाडी सहभागी भएकामा खुला दौडमा २०० बढी खेलाडीले भाग लिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित