एसइइ परिक्षा सञ्चालन गर्न १६ केन्द्र जुम्लामा
एसइइ परिक्षा सञ्चालन गर्न १६ केन्द्र जुम्लामा
    • बेल संचार

    • २७ चैत्र २०७८, आईतवार

आगामी बैशाख ९ गतेदेखि सुरु हुने एसइइ परिक्षाको तीब्र तयारी भइरहेको जिल्ला शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मानबहादुर कुमालले जानकारी दिए ।
उनका अनुसार यस बर्ष जम्लामा दुई हजार ४ सय ११ जना विद्यार्थी परिक्षामा सहभागि हुनेछन । नियमिततर्फ दुई हजार ३ सय ६७ र एक्जामटेड (ग्रेडवृद्धि) तर्फ ४४ जना विद्यार्थी सहभागी हुने उनले बताए ।
एसइइ परिक्षाका लागि जुम्लामा १६ वटा परिक्षाकेन्द्र तोकिएको छ ऋणमोक्ष माबि डिल्लीचौर, त्रिभुवन मावि झारज्वला,रत्नचुण्डेश्वर माबि बोहोरागाउँ, चन्दनाथ माबि खलंगा, कर्णाली माबि अनामनगर,जनता माबि महतगाउँ, दुर्गा माबि लाम्रा,हिम शिखर माबि तातोपानी, सरस्वती माबि कुडारी,सीता माबि रारालिही,भानु माबि पातरखोला, कालिका माबि तलिकुडु, राहदेव माबि मोफ्ला,भैरव माबि नराकोट,मालिका माबि धापा र कनकासुन्दरी माबि लुड्कुमा परिक्ष केन्द्र तोकिएको हो ।
कोरोना भाइरस महामारीका कारण विगत दुई वर्ष देखि एसइइ परिक्षा हुन सकेको थिएन ।

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइइ परिक्षा केन्द्र तोकिएको छ । ऋणमोक्ष माध्यमिक बिद्यालय डिल्लीचौर परिक्षा केन्द्रबाट १ सय ६० परिक्षार्थी सहभागी हुने छन् । त्रिभुवन माबि झारज्वाला केन्द्रबाट १ सय ३६,रत्नचुण्डेश्वर माबि बोहोरागाउँमा २ सय ८३, चन्दनाथ माबि खलंगामा १ सय २२, कर्णाली माबि अनामनगरमा १ सय ६८ जना सहभागि हुनेछन ।
,जनता माबि महतगाउँबाट १ सय ९६, दुर्गा माबि लाम्रामा १ सय २६,हिम शिखर माबि तातोपानीबाट १ सय ५६, सरस्वती माबि कुडारीबाट १ सय,सीता माबि रारालिहीबाट १ सय,भानु माबि पातरखोला १ सय ४६, कालिका माबि तलिकुडुबाट २ सय ३८, राहदेव माबि मोफ्लामा १ सय १६, भैरव माबि नराकोटमा १ सय ६१,मालिका माबि धापामा १ सय ५७ र कनकासुन्दरी माबि लुड्कुमा २ सय ६ जना विद्यार्थी सहभागी हुनेछन् । परिक्षालाई शान्त, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको प्रमुख कुमालले बताए ।

साताकाे चर्चित
सम्बन्धित