पालुङटारको मेयरमा प्रेम गुरुङको जित निश्चित, कारण छन् यस्तो !
पालुङटारको मेयरमा प्रेम गुरुङको जित निश्चित, कारण छन् यस्तो !
    • बेल संचार

    • २० बैशाख २०७९, मंगलवार

गोरखा – प्रेम गुरुङले सरकारी जागिर नै छाडेर पालुङ्टारलाई समृद्व बनाउन लागि परेका छन्। आफ्नो जिन्दगीको सपनाहरुलाई सम्झौता गरेर पालुङ्टार वासीहरुका सपनालाई उज्यालो बनाउने तत्पर रहेका छन्। सर्वहाराहरुको लागि उनी सहारा बन्नको लागि जसपाबाट मेयरमा उम्मेदवारी दिएका छन्। पेसाले शिक्षक भएका गुरुङ शिक्षक पेसाबाट विश्राम लिएर राजनीतिमा सक्रिय भएका व्यक्ति हुन्। पालुङ्गटारको मुहार फेर्नेको निम्ति यो स्थानीय निर्वाचनमा गुरुङ लागि परेका छन्।  एउटा कुशल शिक्षक र असल समाजसेवीको छाप बनाएका नैतिकवान युवा नेता हुन् गुरुङ।

गुरुङ पछिल्लो समय आदर्शवान युवा नेताको रुपमा स्थापित भएका छन्।  यतिबेला गुरुङको पछाडी निकै क्रेज भएको देख्न सकिन्छ। पालुङ्गटारको मेयरको उम्मेदवारमा बलियो रुपमा उभिएको छन् गुरुङ। यसपटक भन्दा अघि पालुङ्गटारको मेयर जितेका ई. दिपक बाबु कंडेल पनि यतिबेला गुरुङको पक्षमा उभिएका छन्।

कांग्रेस र जसपाको गठबन्धन भएर पालुङ्गटारको निर्वाचन जाने भएपछी कंडेलले विज्ञप्ती निकाल्दै प्रेम गुरुङको पक्षमा उभिएको छन् ;- गुरुङ आफैमा शक्तिशाली थिए गठबन्धनले गर्दा झन् शक्तिशाली बनेका छन्। यसपटकको मेयर जित्ने पक्का छ।  अब केही दिनपछी कंडेल पनि प्रचारप्रसारमा हिंड्ने कुरा पनि सार्वजनिक भएको पाइएको छ।

पालुङ्टारमा जसपाको राम्रो मत रहेको छ। प्रेम गुरुङको प्रभावले झन् यसपटक मत ह्वात्तै बढ्ने पाइएको छ।  एउटा गोप्य सर्वोक्षण गर्दा प्रेम गुरुङले यसपटक मेयरमा धेरै मतको अन्तरले विजय हांसिल गर्ने निश्चित छ। यसपटकको स्थानीय निर्वाचनमा पालुङ्टारको प्रमुखको रुपमा प्रेम गुरुङ र उप-प्रमुखमा चेत कुमारी श्रेष्ठ निर्वाचत हुने कुरामा कुनै दुई मत छैन।

गुरुङलाई यतिबेला केही जनताहरुले त प्रमुखको रुपमा समेत  हेर्न  थालिसकेका छन्। लामो समय शिक्षक र समाजसेवी भएर बिताएका प्रेम गुरुङ यतिबेला सामाजिक संजालमा हाईहाई छ। फरक विचारधारमा विश्वास राख्ने केही अग्रज नेताहरुले सामाजिक संजालमा नै गुरुङलाई भोट मागिरहेको छन्। ‘छाता’ मतदान चिह्नबाट उठेका  गुरुङलाई यतिबेला समाजिक संजाल फेसबुक नै छातामय बनाइदिएका छन्। घरदैलो कार्यक्रम तीव्र बनाएका गुरुङको अहिले जनता बीच निकै लोकप्रिय भएका छन्।

विद्यार्थी र युवाहरुको मत त एकलौटी गुरुङ नै आउने भएको छ।

बौद्व हिमाल क्लवको संस्थापक अध्यक्ष भएका गुरुङले आफू अध्यक्ष हुँदा गरेको नेतृत्वले युवावर्गमा निकै प्रभाव पारेको छ।  कुशल शिक्षक भएको नाताले विद्यार्थी र अभिभावकमा निकै सकारात्मक छाप परेको छ।  त्यसैले गर्दा पनि पालुङ्टारको अब गुरुङले नै नेतृत्व गर्ने कुरामा कुनै दुई मत नरहेको जनताको भनाई छ। यतिबेला गुरुङ जस्तो क्षमतावान मेयरको उम्मेदवार अरु छैनन्। राजनीति बुझेका, नैतिकवान, पढेलेखेको र समाजको सम्पूर्ण अध्ययन गरेको व्यक्ति हुन् गुरुङ।  गुरुङले यो चुनावको मिति तोक्नु भन्दा अघि देखि नै हरेक वस्ती र टोलमा पुगी त्यहाँको अध्यायन गरेका थिए।  त्यस वस्तीको जनताको जीवनस्तरमा कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर खोज र अनुसन्धान पनि गरेका थिए। यो घरदैलो कार्यक्रममा प्रेम गुरुङलाई देखेर जनताहरुले निकै खुसी महसुस गरेका छन्।

असल नेतृत्व आएको देखेर जनताहरु निकै सकारात्मक भएका छन्।  यस पटक मेयर प्रेम गुरुङ र उप-मेयरमा चेत कुमारी श्रेष्ठ हुने निश्चित छ।  चुनाव अघि नै गुरुङलाई जनताले मेयर घोषणा पनि गरिसकेका छन्। यतिबेला गुरुङको पक्षमा पालुङ्टारको लगभग ८० % जनताहरु सकारात्मक रहेको गोप्य सर्वोक्षणले जनाएको छ। पछिल्लो समय गुरुङको क्रेज देखेर अरु दलबाट उम्मेदवारी दिने मेयरहरुको खट्टा कापेको देखिएको छ।  गुरुङको जित निश्चित हुने भएपछी केही अरु दलका कार्यकर्ताहरु निकै निराश देखिएका छन्। प्रेम गुरुङ अब सम्पूर्ण रुपमा राजनीतिमा सकारात्मक तरिकाले उदय हुने निश्चित छ।

साताकाे चर्चित
सम्बन्धित