मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
    • बेल संचार

    • २९ बैशाख २०७९, बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेकाले २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

मन्त्री आलेविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको व्यहोरासहितको उजुरी आयोगमा परेको थियो ।

यस्तै, उनले मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियो सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको पनि आरोपसहितको उजुरी परेको आयोगले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित