सूर्यमा लागेको स्वस्तिक चिह्न धमिलो भएका कारण बदर गरेपछि भरतपुर महानगरपालिकामा भइरहेको मतगणनाका क्रममा विवाद उत्पन्न भएको छ। आइतबार दिउँसोको विवादका कारण मतगणना रोकिएको छ।
स्वस्तिक छापका विषयमा विवाद भएपछि एमाले प्रतिनिधिहरुले मतगणनास्थलमै हुटिङ गरेको सुरक्षाकर्मीले बताएका छन्।
मतगणना रोकिएपछि चितवनका सिडियो, प्रहरी प्रमुख, मुख्य निर्वाचन अधिकृत अधिकृतसहितको सर्वदलीय बैठक बसेर विवाद छिनोफानो गर्ने प्रयास भइरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्।
पछिल्लो गणनाअनुसार माओवादीकी रेनु दाहालले १८६७ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले १८१४ मत ल्याएका छन्।