सिंजा गाउँपालिकाको वडा नं ३ मा माओवादीको प्यानल नै बिजयी
सिंजा गाउँपालिकाको वडा नं ३ मा माओवादीको प्यानल नै बिजयी
    • Bell Sanchar

    • २ जेष्ठ २०७९, सोमबार

जुम्ला जिल्लाको सिंजा गाउँपालिकाको ३ ओटा वडाको मतगणना सकिएको छ । वडा नं १, २ र ३ मध्ये एकमा नेपाली कांग्रेस र २ र ३ मा नेकपा माओवादीको प्यानल नै बिजयी भएको छ ।

वडा नं ३ मा माओवादीका  उमेद्वार सुरत बहादुर राउतले कांग्रेसका हरिहर चौलागाईं लाई जम्मा १३ भोटले पछि पार्दै बिजयी हुनुभएको छ । सुरत बहादुरले ३९६ मत प्राप्त गर्नुभएको छ भने हरिहर चौलागाईंको पक्षमा ३८३ मत खसेको छ ।

सिंजा गाउँपालिकामा जम्मा ६ ओटा वडाहरुका कुल मतदाता संख्या ८ हजार १ सय ६१ रहेका छन् । बाँकी वडाहरुको मतगणना जारी रहेको सिंजा गाउँपालिकाले जनाएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित