जुम्ला जिल्लाको सिंजा गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण प्रसाद धिताल बिजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार नन्दराम बुढालाई पछि पार्दै धिताल बिजयी हुनुभएको हो । धितालले १९४९ मत प्राप्त गर्दा बुढाले १८३१ मत प्राप्त गर्नुभएको हो । यस्तै नेकपा एमालेबाट उम्मेद्वारी दिनुभएका सुमन आचार्यले ११४१ र एकिकृत समाजवादीका उम्मेदवार कमल खत्रीले ६४४ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा माओवादीकै शितली रोकाया १९६६ मतसहित बिजयी हुनुभएको छ । कांग्रेसकी रजनकला शाहीलाई रोकायले ८९७ मतले पछि पार्नुभएको हो । शाहीले १०६९ मत प्राप्त गर्नुभयो । त्यस्तै, एमालेबाट उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका कल्पना बुढाको पक्षमा ८७२ मत परेको छ ।
सिंजा गाउँपालिकाको वडाध्यक्षमा वडा नं १ मा नेपाली कांग्रेसका हरिन्द आचार्य, २ र ३ मा माओवादी केन्द्रका तिर्थ वड र सुरत राउत, ४ मा एमालेका रंजित बुढा, ५ मा नेपाली कांग्रेसका कृष्ण रोकाय र ६ मा नेमकिपाका लालबहादुर बुढा बिजयी हुनुभएको छ ।