धनराज आचार्य निर्वाचित पोखरा महानगरमा
धनराज आचार्य निर्वाचित पोखरा महानगरमा
    • बेल संचार

    • ११ जेष्ठ २०७९, बुधबार

पोखराको महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभएको छ । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै सत्तारुढ पाँच दलीय गठबन्धनको समर्थनमा उहाँ निर्वाचित हुनुभएको हो । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गर्नुभयो ।   ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याउँदै कांग्रेसकी कोपिला रानाभाटलाई पछि पार्नुभयो । रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो ।

आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।

विगत २५ वर्षदेखि नेकपा एमालेको वर्चस्व रहेको पोखरामा यसपाली भने एकिकृत समाजवादी निर्वाचित भएको हो ।

साताकाे चर्चित
सम्बन्धित