सरकारले निशुल्क मृगौला प्रत्यारोपणको घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण तथा डाइलोसिसका लागि १० करोड बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।
सबै प्रादेशिक अस्पतालहरुमा डाइलोसिस सेवाको बिस्तार गरिने बताइएको छ । सरकारले देशभरका प्रादेशिक अस्पतालहरुका लागि डाइलोसिस मेसिन खरिदका लागी रु ५ करोड बजेट बिनियोजन गरेको छ ।