पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो सरकारले
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो सरकारले
    • बेल संचार

    • २० जेष्ठ २०७९, शुक्रबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले विहिवार  राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५३ कामय भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।  खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।

निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.४१ रूपैयाँ र डिजेलमा २८.३३ रूपैयाँ घाटा हुने देखिएको छ।  खाना पकाउने एलपी ग्यासमा निगमलाई ७५१.१४ रूपैयाँ घाटा हुने  र मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको ५.४४ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १७.४६ रूपैयाँ र बाह्यतर्फ ६४.६७ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित