संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू अन्तिमसम्म नेकपा (एकीकृत समाजवादी मा रहने बताएका छन् ।
पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्री आले असन्तृष्ट रहेको चर्चा बाहिर आएको थियो ।
उनले विरोधीले आफू एमालेमा जाने हल्ला चलाएको बताए । आफूले अन्तिमसम्म माधव नेपालको साथ नछोड्ने मन्त्री आलेको स्पष्ट पारे ।
मन्त्रीबाट बाहिरिएपछि पार्टी निर्माणमा सक्रिय रहने उनी बताउँछन् । आलेले भने, “मंसिरमा संघ र प्रदेशको निर्वाचनको कुरा छ । अब म त्यसैमा केन्द्रित हुन्छु । पार्टी बनाउँछु ।”
आफू सरकारमा हुँदा पार्टी र नागरिकस्तरबाट पाएको सहयोगप्रति आभारी रहेको आलेले बताए ।