एक घन्टापछि प्रदेश सभाको बैठक सुरू,लुम्बिनी प्रदेशमा
एक घन्टापछि प्रदेश सभाको बैठक सुरू,लुम्बिनी प्रदेशमा

एमालेले मुख्यमन्त्री कुलप्रसाद केसीको जवाफ माग गरे पनि मन्त्री शर्माले जवाफ दिएका थिए।

    • बेल संचार

    • १ असार २०७९, बुधबार

लुम्बिनी प्रदेश सभाको बैठक सुरू भएको छ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला कुमारी वलीले महिलामाथि गरेको हर्कतबारे सत्यतथ्य छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने सरकारको प्रतिवद्धतापछि स्थगित गरिएको लुम्बिनी प्रदेशसभाको बैठक सूरू भएको हो।

कार्यसूची अनुसार बुधबार दिउँसो ४ बजे सुरू भएको बैठकमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले घटनाबारे  मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि मात्रै बैठक अगाडि बढाउन दिने बताएपछि सभामुख पूर्णबहादुर घर्तिले २५ मिनेटको लागि बैठक स्थगित गरेका थिए।

स्थगित गरिएको एक घण्टा पछि सुरू भएको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वलीको बारेमा विभिन्न मिडियामा सार्वजनिक भएको समाचार र संसदमै उठाईएको विषयप्रति सरकार गम्भीर भएको भन्दै जवाफ दिएका थिए।

एमालेले मुख्यमन्त्री कुलप्रसाद केसीको जवाफ माग गरे पनि मन्त्री शर्माले जवाफ दिएका थिए।

एमालेले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले मन्त्री वलीको विषयमा छानविन गर्न सरकारले नै छानबिन समिति गठन गरेको र छिटो भन्दा छिटो सत्यतथ्य छानविन गरेर प्रतिवेदन प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका थिए।

अहिले प्रदेशका आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्काले सदनमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गरिरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित