कैलालीका १२ पालिकाले ल्याए बजेट, कुनमा कति ?
कैलालीका १२ पालिकाले ल्याए बजेट, कुनमा कति ?
    • बेल संचार

    • ११ असार २०७९, शनिबार
कैलालीका १३ मध्य १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गते भित्रै नीति तथा कार्यक्रम सँगै जेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप कैलालीका १२ पालिकाले शुक्रबार आफ्नो पालिकाको बजेट कार्यक्रम सार्वजनिक गरेका हुन् । कैलालीको जोशीपुर गाउँपालिकाले भने शुक्रबार बजेट प्रस्तुत गर्न सकेको छैन । शुक्रबार प्रस्तुत गरिएको पालिकाको बजेट यस प्रकार रहेको छ ।

धनगढी उपमहानगरपालिका

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको छ । आठौं अधिवेशनको दोश्रो बैठकमा उपमेयर कन्दकला रानाले  प्रस्तुत गरेका बजेटमा चालुतर्फ १ अब ३ करोड १९ लाख ७० हजार र पुजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ ।

आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको बजेट भन्द १  करोड ७ लाखले बढी छ । धनगढी उपमहानगरपालिकाले चालु आवमा १ अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो । उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाडफाडबाट ४७ करोड २९ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  (संघीय सरकार)बाट ९६ करोड ४८ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  (प्रदेश सरकार)बाट ३५ करोड ३४ लाख र  मौज्दातबाट १० करोड हुने अनुमान गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित