हवाइ फायर बाजुराको बूढीगंगामा
हवाइ फायर बाजुराको बूढीगंगामा

मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो ।

    • बेल संचार

    • २३ असार २०७९, बिहीबार

काठमाडौं

बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अनलाइनखबरसँग भने, ‘विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो, अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।’ उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२:३५ देखि पुनः सुरु भएको छ ।

गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ । अहिले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वको टोली परिचालन गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित