काठमाडौं,
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको अस्पतालमा निधन भएको हो ।
अस्पताल पुर्याउँदासम्म उनी बोलिरहेका थिए ।
जापानी सञ्चारमाध्यम एनएचकेले आबेको निधन भएको उल्लेख गरेको छ ।उनीमाथि आज (शुक्रबार) बिहान नारा सहरमा भाषण गर्दै गर्दा गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।