हुम्लाका खेलाडीलाई खेल सामग्री सहयोग   
    हुम्लाका खेलाडीलाई खेल सामग्री सहयोग   

हुम्ला फुटबल एकेडेमीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरेको हो ।    

    • बेल संचार

    • ३० असार २०७९, बिहीबार

सिमकोट
हुम्लामा फुटबल सिक्दै आएका खेलाडीलाई खेल सामग्री सहयोग गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–४ का रमेश महर्जनले फुटबल खेलाडीलाई खेल सामग्री सहयोग गर्नुभएको हो ।

महर्जनले हुम्ला आएर खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले २१ खेलाडीलाई जर्सी, १७ थान फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चारवटा पोल सहयोग गर्नुभएको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिनुभयो । सिमकोट तल्लो बजारस्थित सिमसार क्षेत्रको धुलाम्मे मैदानमा खेलाडी विनाजर्सी अभ्यास गर्दैआएका थिए ।

यस्तै गोल नेपालले उपलब्ध गराएको फुटबल सामग्री पनि खेलाडीलाई वितरण गरिएको छ । हाल जिल्लाका १३ वर्षभन्दा कम उमेरका खेलाडीले फुटबल प्रशिक्षण लिइरहेका छन् । हुम्ला फुटबल एकेडेमीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरेको हो ।

 

साताकाे चर्चित
सम्बन्धित