फुटबल खेलाउन दुई नेपाली महिला रेफ्री डेनमार्कतर्फ
फुटबल खेलाउन दुई नेपाली महिला रेफ्री डेनमार्कतर्फ

प्रतियोगिता खेलाउन जानुअघि लक्ष्मीले सबैलाई धन्यवाद दिएकी छिन्।

    • बेल संचार

    • ८ श्रावण २०७९, आईतवार

रेफ्री लक्ष्मी श्रेष्ठ र मेरिना धिमाल डेनमार्कमा हुने फुटबल प्रतियोगिता खेलाउन त्यसतर्फ गएका छन्।

डेनमार्कमा सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि आयोजकले लक्ष्मी र मेरिनालाई छनोट गरेका थिए।

प्रतियोगिता खेलाउन जानुअघि लक्ष्मीले सबैलाई धन्यवाद दिएकी छिन्।

दुवैले डेनमार्कमा आयोजना हुने डाना कप २०२२ रेफ्रीको काम गर्ने छन्। यो प्रतियोगिता युवा फुटबल प्रतियोगिता हो।

पुरुषमा ११ वर्षदेखि १९ वर्ष तथा महिलामा १२ वर्षदेखि १९ वर्षका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्।

साताकाे चर्चित
सम्बन्धित