शिखर धवनको कप्तानीमा भारतले गर्‍यो वेस्टइन्डिजविरूद्धको ओडिआई सिरिज क्लिनस्वीप
शिखर धवनको कप्तानीमा भारतले गर्‍यो वेस्टइन्डिजविरूद्धको ओडिआई सिरिज क्लिनस्वीप

यस्तै अर्का ओपनर तथा कप्तान शिखर धवनले ५८ रनको अर्धसतकीय पारी खेले। उनले ७४ बलमा ७ चौका प्रहार गरे।

    • बेल संचार

    • १२ श्रावण २०७९, बिहीबार

भारतले वेस्टइन्डिजसँगको तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ।

युवा ओपनर शुभमन गिल र युजभेन्द्र चहलको उत्कृष्ट प्रदर्शनमा भारतले तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय १९ रनले हराउँदै  सिरिज ३-०ले जितेको हो।

वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो। भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक ९८ रन बनाए। सतक बनाउन २ रनले चुकेका उनले ९८ बलमा ७ चौका र २ छक्कासहित नटआउट रहे।

यस्तै अर्का ओपनर तथा कप्तान शिखर धवनले ५८ रनको अर्धसतकीय पारी खेले। उनले ७४ बलमा ७ चौका प्रहार गरे।

पहिलो विकेटका लागि गिल र धवनले २२.५ ओभरमा १ सय २२ रनको शतकीय साझेदारी गरेका थिए। यस्तै श्रेयस ऐरले ४४ रन बनाउँदा सूर्यकुमार यादवले ८ रन जोडे। सन्जु सामसन ७ रनमा अभिजित रहे।

वेस्टइन्डिजका हायडन वाल्श जुयिनरले सर्वाधिक दुई विकेट लिए।

पुन वर्षाको कारण वेस्टइन्डिले ३५ ओभरमा डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ५७ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउनेक्रममा वेस्टइन्डिजले १ सय ३७ रन बनाउँदै २६ ओभरमा अल आउट भयो।

उसका लागि कप्तान निकोलस पुरन र ब्रेन्डन किंगले सर्वाधिक समान ४२–४२ रन बनाए। शाई होपले २२ रन बनाउँदा हाइडेन वाल्शले १० रन जोडे। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।  काइल मेयर्स, शम्राह ब्रुक्स र जाइडेन सियालेसले खाता खोल्न पाएनन्।

भारतका युजभेन्द्र चहलले सर्वाधिक चार विकेट लिए। यस्तै शार्दुल ठाकुर र मोहम्मद शिराजले समान दुई-दुई विकेट हात पारे।अक्षर पटेल र प्रसिद्ध कृष्णले १-१ विकेट लिए।

यसअघि पहिलो खेलमा तीन रनले जितेको भारतले दोस्रो खेलमा दुई विकेटको रोमाञ्जक जित निकालेको हो।

भारत र वेस्टइन्डिजबीच अब पाँच टी २० आईको खेल हुनेछ।

साताकाे चर्चित
सम्बन्धित