शान्ताकुमारी बस्यालद्वारा लिखित पुस्तक “स्नेहलता: जीवनकथाका पानाहरु” बिमोचन
शान्ताकुमारी बस्यालद्वारा लिखित पुस्तक “स्नेहलता: जीवनकथाका पानाहरु” बिमोचन
    • बिर बहादुर राना

    • २४ श्रावण २०७९, मंगलवार

२४ साउन काठमाडौँ, 

लेखक शान्ताकुमारी बस्यालद्वारा लिखित पुस्तक  “स्नेहलता: जीवनकथाका पानाहरु’को बिमोचन गरिएको छ।
साउन २० गते पाटन अशोक हलमा सो पुस्तकको बिमोचन गरिएको हो।

पुस्तकमा नेपालको राजनीतिक,सामाजिक तथा महिला – मुक्ती आन्दोलनकी  अगुवा ‘स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ’ को राजनीतिक सामाजिक र व्यक्तिगत जीवनका परिघटनाहरूलाई उतारिएको छ । श्रेष्ठको अग्रसरतामा २००४ साउन २२ गते नेपाल महिला संघको गठन भएको थियो। जुन कमिटीको महासचिवको जिम्मेवारीमा स्वयम् उहाँ हुनुहुन्थ्यो।

२००४ सालमा भएको सत्याग्रह आन्दोलनमा भाग लिनेलाइ राणा सरकारले गिरफ्तार गरेर महाराजगन्जमा लगेर थुनामा राखेको थियो। उक्त समयमा  गिरफ्तार हुनेमा स्नेहलता सहित ४ जना महिला र अन्य पुरुषहरु हुनुहुन्थ्यो । नेपालमा एयरपोर्ट काण्डले चिनिने भारत बिरोधी आन्दोलनमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी निरन्तर रुपमा सामाजिक काममा लाग्नुभएकी उहाँलाई २०२३/२४ ताका राजा महेन्द्रले रा. प. स. तथा मन्त्री बन्न आग्रह गर्दा अनिच्छा देखाई बहुदलीय प्रणालीका लागी लाग्नुभएको थियो। यस्तै यस्तै विषयबस्तु तथा उहाँका समकालीनहरुका योगदानलाई समेटेर २३३ पेजमा तयार गरिएको कृतिलाइ ३ भागमा बिभाजन गरिएको छ।विषयबस्तुको गाम्भीर्यता हेर्दा यो रास्ट्रकै लागि अति उच्च काम भएको मान्न सकिन्छ ।

उक्त लोकार्पण कार्यक्रममा पुर्व ५ जना बामपंथी प्रधानमन्त्रीलाई आमन्त्रण गरिएपनी पुस्तक प्रकाश गर्ने संस्थाका संरक्षक तथा पुर्व प्रधानमन्त्री माननीय माधबकुमार नेपाल सहित अन्य दलका प्रतिनिधि ,विभिन्न प्रतिस्ठानका प्रतिनिधि,विभिन्न कलेजमा अध्यापन  गराउने प्राध्यापक लगायत  ३०० भन्दा बढिको उपस्थितिमा लोकार्पण कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रममा बोल्दै पुस्तकका समिक्षक संघीय सांसद तथा समाजशास्त्री मानवीय विद्या भट्टराईले यो पुस्तकमा समेटिएका विषयबस्तु निकै गहन र सुरक्षित गर्न लायक छ्न। पुस्तकको भुमिकाबाटै पुस्तकको महत्व बुझ्न सकिने रहेको छ भने लेखकले पुस्तकलाई विषयवस्तुको  आधारमा ३ भागमा बांडेर अति राम्रोसँग बिषयबस्तुलाई व्यवस्थित गर्नुभएको छ भन्दै यो पुस्तक राजनीतिशास्त्र ,संस्कृति ,समाजशास्त्र , लैङ्गगिक तथा महिलाबादी अध्यनको लागी राम्रो अध्यन सामाग्री मात्रै नभएर विद्यालय र विश्वविद्यालयको यसलाई सन्दर्भ सामाग्रीका रूपमा राख्न सकिने बताउनुभयो।

उक्त पुस्तकका लेखक शान्ताकुमारी बस्यालले बिगत १० बर्षदेखिको अथक प्रयासले यो पस्किन सकेको बताउनुभयो। यसमा समावेश गरिएका बिषयबस्तुमा कहिँ कतै गल्ती कमजोरी देखिएमा अर्को संस्करणमा सुधार गरेर निकाल्ने बाचा गर्दै पुस्तक तयारीका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। उक्त कार्यक्रमका प्रमुख अतिथी तथा स्नेह- गोबिन्द प्रतिस्ठानका संरक्षण माधब कुमार नेपालले राजनीति जो कोहिले गर्न सक्ने विषय हैन भन्दै स्नेहलता श्रेष्ठ र उहाँका समकालीनहरुको योगदानको उच्च मुल्यांकन हुनुपर्छ भन्नू भयो।

उक्त कार्यक्रममा संस्थाका ९ जना पुर्वपदाधिकारी, संस्थाका अडिटर, एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने २ छात्रा र २ छात्र, पुस्तकका सम्पादक जयदेब गौतम ,पुस्तकका लेखक शान्ताकुमारी बस्याल लगायत १६ जनालाई सम्मान गरिएको थियो। त्यसैगरी उक्त कार्यक्रममा सहयोग गर्ने स्वयंसेवकहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रम आयोजक संस्थाका अध्यक्ष स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठको अध्यक्षतामा भएको थियो।

साताकाे चर्चित
सम्बन्धित