दधिमथि गौ सेवा नेपालको आयोजनामा १०८ श्रीमद भागवत महापुराण आज देखि सुरु
दधिमथि गौ सेवा नेपालको आयोजनामा १०८ श्रीमद भागवत महापुराण आज देखि सुरु
    • बेल संचार

    • ३० श्रावण २०७९, सोमबार

अग्रबाल सेवा केन्द्र कमलपोखरीमा  आज देखि १०८ श्रीमद भागवत महापुराण सुरु भएको छ । आज२०७९ श्रावण ३० गते देखि भदौ ६ गतेसम्म यो १०८ श्रीमद भागवत महापुराण संचालन हुने दधिमथि गौ सेवा नेपालकी अध्यक्ष पुजा अग्रवालले जानकारी दिनु भयो ।

 

पितृको उद्दार एवम् समस्त प्राणी जगतको कल्याणको निमित्त पितृ मुत्ति तथा गौ रक्षाको लागि दधिमथि गौ सेवा नेपालको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाहमणहरू द्वारा १०८ मुलपारायण पाठ तथा पितृको लागि यजमान कथा प्रवचन तथा ज्ञान महायज्ञ हुने छ ।


व्यास आचार्य पं मानवेन्द्रजी महाराज र भजन सम्राट पं।पंतजली शर्माबाट बाचन हुने महायज्ञमा सहभागी भई नगद, तुलादान, अन्नदान तथा जिन्सी दान गरेर सहयोग गरिदिनका लागि १०८ श्रीमद् भागवत महापुराण महायज्ञ मुल आयोजक समितिले सम्पूर्ण धर्मप्रेमीहरुलाई अनुरोध गरेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित