जुम्ला, २ भदौ
श्रावण महिनाको हरियाली सगै सुरु हुने हिमाली क्षेत्रका ठुला ठुला पाटनमा लाग्ने मेला जहाँ माईको बास स्थान हुने गर्दछ । जसले हाम्रो धर्म, सस्कृति र परम्परालाई सुमधुर सम्बन्ध राख्नमा विषेश महत्व राख्ने गर्दछन । श्रावण
पुर्णिमाका दिन प्राय जसो सबै माईहरुको बासस्थान रहेको ठाउँलाई हामी स्थानिय भाषामा मालिका भन्दछौ । जुन हाम्रो गाउँघर भन्दा उच्च स्थानको पाटनमा रहने गर्दछन । वर्षको एक चोटी ति पाटनका टाकुरामा श्रावण पुर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ ।
यसै क्रममा यस श्रावण पुर्णिमाका दिन हाम्रो गन्तव्य पनि तयार भई सकेको थियो । जुन जुम्ला र कालिकोटको सयुत्त मालिका स्थल पुग मालिका थियो । कालिकोटमा पर्ने यस मालिकाको नाम पनि अनौठो नै थियो नाम थियो पुग
मालिका । त्यहाँ पुग्नको लागी हामी पनि अघिल्लो दिनको विहानै देखि तयारीमा जुटि सकेका थियौ । त्यहाँ पुग्नको लागी हामीले आफुलाई चाहिने सामाग्रीको पाको झोलामा राखखी तयार गरि सकेका थियौ ।
विहान ९ वजे तिर पुग मालिका जानका लागी बाटोमा मानिसहरु लामबद्ध तरिकाले हिडिसकेका थिए । हामी पनि हिड्नका लागी तयारी अवस्थामा थियौ तर कुन बाटो जादा सजिलो हुन्छ भनेर दोधारमा थियौ । त्यहाँ पुग्नका लागी हामीले हिमा
गाउँपालिकाको सिम्तली गाउँ र पातरखोला गाउँ बाट जान सकिने भएकोले आज हामीले सिम्तली गाउँ बाट जाने निधो गरिहाल्यौ । गाउँको केहि माथि उकालो चढेर जंगल मात्र के भेटिएको थियो । पुग मालिका पुग्ने तिर्थयात्रीहरु
सगै हामीलाई स्वागत गर्ने झ्याउकीरीको सुमधुर आवाज, जमिनको हरीयाली कार्पेट सगै रङगीचङगी फूलहरु र खोलामा बगी रहेको कलकल पानिको आवाजले हामीलाई भव्य स्वागत गरिरहेका थिए । बाटोमा भेटिने थुप्रै
तिर्थयात्रीहरु लाई उछिन्दै हामी अगाडि जाने क्रममा वाटोमा एैसेलु,चुत्तो र गुयल्लोको स्वाद सगै मनरम दृष्ये उकालो बाटो काटेका पत्तै नपाईने यात्रा सुरु भईसकेको थियो । त्यसै माथि झोला भित्रको स्पिकरमा बजेको थियो तारादेविको स्वर र चादनी शाहको उत्कृष्ट रचना
“उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा”
घुम्टो परेको बाटो अनि त्यसैमा उकालो ओरालो बाटोले शरिरमा भएको शत्ति पनि क्रमश ह्रास हुदै आईरहेको थियो आफुले बोकेको झोला पनि विस्तारै विस्तारै आफैलाई गह्रो गह्रो लाग्न थालि सकेको थियो । सुर्यले पनि विस्तारै
विस्तारै हामी बाट टाढा टाढा जादै विदा माग्दै थियो ।
अझ हामीले आधा बाटो तय गर्ने बाकि नै रहेको थियो । यस विच हामीले आजको यात्रा जगंलको माथिल्लो भाग र पाटनको तल्लो भाग को विचमा रहेको एउटा ओढारमा बस्ने
निधो ग्यौ । किन भने हामी माथि छिटो पुग्दा दाउरा र पानी नपाईने र बोकेर त्यति टाढा पनि लिन नसकिने र त्यहा अत्यधिक जाडो हुने हुनाले प्राय यस मालिका जाने तिर्थयात्रीहरु यसै क्षेत्रमा बस्ने गर्दछन स्वही अनुसार हामी पनि
यतै बस्यौ । यतिवेला हाम्रो घडिमा बेलुकाको ८ बजि सकेको थियो । हिडाईलाई केहि समय स्थगन गरेर वेलुकाको खानाको जोहो गर्ने तिर लाग्यौ । सवै जनाले दाउरा पानीको व्यवस्थापन गरेर झोला बाट रोटी निकाली टिमुरे नुन सगै चिसो पानीको घुट्की सगै आजको खाना खाईयो ।
थाकेको शरिरलाई आराम दिनको लागी ढुङगा माथि आफु र आफनो शरिर माथि पातलो सल राखी निदाउने कोसिस गरियो । बस्ने ठाउँ साघुरो अनि मान्छे बढि भएकाले होला निद्रा आउनै विर्सेछ क्यार जति कोसिस गरे पनि
निदाउन सकिएन । यसरी केहि घण्टाको आराम पछि रातीको २ वजे सम्म वसेर हामी अनि मोवाईलको टर्च सगै उकालो लाग्यौ । त्यति बेला पाटन पाटन नभएर एउटा शहर भई सकेको थियो सबैले हात हातमा टर्च बाली हिडेको दृष्यले पाटन कुनै शहरको झिलिमिली भन्दा कम थिएन ।
निद्राको कमिले या शरिर थाकेर होला आज हामीलाई हिड्न साह्रै गाह्रो महशुस भएको थियो सगै बढ्दै गरेको उचाई विभिन्न जडिबुडिको गन्धले पनि होला टाउको पनि दुख्ने,मुख सुक्ने लक्षण देखापर्ने थालि सकेको थियो । यसरी
विहान ६ वजे पुग मालिकाको मुख्य मन्दिरमा पुगेका थियौ ।
उचाईले गर्दा होला विहान निकै चिसो भएकाले शरिरनै कमाउने गरी जाडो भयो । पुजारीहरु आफनो दैनिक नृत्यकर्म गर्ने लागी सकेका थिए । मेरो मोबाईलको
एप्लिकेसनले देखाए अनुसार यो मालिका अनि अहिले हामी ४४६१ मिटरको उचाईमा थियौ । विस्तारै आकास उज्यालिदै गयो मालिका बाट देखिने दृष्यले पर्दा देखाउन थाल्यो । यहाँ बाट देखिने मनमोहक दृश्यले हाम्रो मन लाई
आफुतिर तान्न सुरु गरिसकेको थियो । थाकेको शरिर,ननिदायका आँखा र जाडोले काम्न थालेको शरिर अब आफै यथास्थानमा आउन थालि सकेको थियो । पुग मालिकाको हरियाली पाटन र यस बाट देखिने वरिपरीको दृष्य कुनै
स्वर्ग भन्दा कम थिएन ।
यसरी हेर्दा स्टेडियमको विच बाट वरिपरी हेर्दा देखिने दृष्य जस्तै थियो । यहाँ बाट हिमा,तिला नदिको नागवेली दृश्य र त्यस माथि लागेको बादलको टुक्रा भन्दा माथि बाट नियाली रहेका दृश्य कम्ता रमाईला थिएन्न । माथि बाटै
जुम्ला र कालिकोटका विभिन्न बस्तिहरुको दृष्यावलोकन गर्ने यो भन्दा उपयत्त ठाउँ सायत यो भन्दा अरु कतै नहोला । ढुङगै ढुङगाको बाटो,हरियो पाटन,सुनबुकी फूल पुग मालिकाको मन्दिर आदि यहाका प्रमुख विशेषता हुन ।
जसले गर्दा यस ठाउँले आफुतिर मन लोभ्याउन सफल भएको छ । यसरि हेर्दा हेदै तिथर्जयात्रीको बाख्लो उपस्थिती भई सकेको थियो । सबै जनाले आफनो मनोकाक्षा पुरा होस भन्नका लागी मन्दिर वरिपरी घुमेर पुजा गर्ने क्रम
सुरु भई सकेको थियो । त्यहाँको रोचक विषय के रहेछ भने मन्दिरमा राख्ने लिङ्गा पातरखोले र छाप्रेल (कालिकोटको एउटा गाउँ) कसले राख्ने भनेर विवाद हुने रहेछ । लिङ्गा तानातान गरेर जसले मन्दिरमा राख्न सक्यो त्यसको
जित हुने हुदा आफनो समूह वनाई नाच गान,देउडा,मागल,भोजन गाएर मन्दिर सम्म लिङ्गालाई नचाएर वढो रोचकताका साथ ल्याउने गर्ने रहेछन । अनि अर्को कुरा लिङ्गो कालिकोट तिर गयो भने उताको वाली सप्रने र जुम्ला तिर
गयो भने जुम्लाको वाली सप्रने भन्ने जनविस्वास पनि लिङ्गा तानातान बढो रोचक खेल हुने रहेछ । यसरी यस मालिकामा तिर्थयात्रीले आफुले सोचेको र मागेको वर पुरा हुने विस्वासले गर्दा यहाँ मेलामा करिव २—३ हजार मान्छे
सम्म यहाँ आउने गर्दछन । यसरी हामी करिव ११ वजे तिर पुजा सकिए पछि पाटनमा युवायुवति बुढाबुढि सबै जना फोटो खिच्ने टिक टक बनाउने भिडनै लागी सकेको थियो । यसै भिडमा हामीले पनि मोवाईलमा यहाँका राम्रा राम्रा दृष्यहरु कैद गदै ओरालो लाग्न थाल्यौ ।
यसरी फर्किदै गर्दा मनमा कता कता अनेक थरिका कुरा खेल्न थाले जब तल तल फर्किन थाल्यौ थकान महसुस हुन थाल्यो तर अहिलेको थकान शारिरीक थिएन मानसिक थकान थियो । यति राम्रो र सुन्दर ठाउँमा किन कसैको
ध्यान गएन ? भनेर ,किन यति लामो समय सम्म यहाँ कुनै पनि व्यवस्था हुन सकेन ? साच्चिकै सरकारको ध्यान यहाँ सम्म पुग्न सकेन ? अझ गाउँका सिहंदरवार भनेर चिनिने स्थानिय सरकारको ध्यान त जानुपर्ने हो किन यो क्षेत्र
उपेक्षित भयो त ? भन्ने कुराले मानसिक थकान अझ बढ्दै गयो । यहाँ सधै सबैै आफनो मनोकाक्षा पुरा गर्ने मात्र आउने तर यस क्षेत्रको मनोकाक्षा पुरा नगरेको देख्दा मानिस लाई त्यतिकै स्वार्थि प्राणि त भनेको रहेनछ भन्ने कुरा
प्रष्ट भएको देखे । अनि मन खिन्न भएर आयो हामी त्यतिकै गरिव तथा विछडिएको वर्ग भएका होईनौ हाम्रो सोच ,मानसिकता र स्रोत साधनको उपयोग तथा यसलाई नचिन्नु जस्ता कुराले हामी यस्तै छौ र यस्तै हुनेछौ । यति धेरै
सम्भावना हुदा हुदै पनि यो पुग मालिकामा कुनै पनि तिर्थयात्रीलाई चाहिने न्युनतम व्यवस्था नहुनु स्थानिय सरकारको कमजोरी हो । त्यसोत यहि मालिकामा पनि जनप्रतिनिधिहरु दर्शन गरेर फर्किने गरेका छन यिनिहरुलाई पनि
थाहा छ यहा आउदा के के समस्या हुन्छ भनेर तर के तिनिहरु खाली यहाँ बाट वर मात्रै लिन आउछन ? यस क्षेत्रका लागी केहि दिने सोच आउदैन होला ?के तिनिहरुलाई बाटोमा जादा आम मानिसहरु जस्तै दुख भएन होला ? यो
क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने तर्फ ध्यान गएन होला ? यसमा मेरो कुनै जिम्मेवारी छ कि छैन भन्ने सोच गएन होला ? के सधै भरि यसरी ढुङगााको ओढारमा बसेर रातारात हिडुनु पर्ने बाध्यता जरुरी छ ? जस्ता कुरा जनप्रतिनिधिहरुमा आएन्न होलान कि नाई ?
सघं तथा स्थानिय सरकारले यस्ता क्षेत्रमा थोरै मात्र लगानि गर्ने हो भने यस क्षेत्र एक प्रसिद्ध धार्मिक पर्यटकिय क्षेत्र बन्नमा दुई मत रहन्न । मानिस किन खप्तड क्षेत्र घुम्न जान्छन? हाम्रो यो क्षेत्र कुनै खप्तड क्षेत्र भन्दा कम छ र ? पक्कै
छैन होला कम छत केवल यहाँ पुर्वाधार,बाटोघाटो,भत्तजनको सुरक्षा,खाने बस्ने सुविधा,जस्ता अति आवश्यकिय व्यवस्थाको कमि रहेको छ । यि र यस्तै कुराको स्थनिय सरकार तथा अन्य निकायले ध्यान दिने हो भने यो क्षेत्र एक
धार्मिकका साथै प्राकृतिक सौन्र्यताको पर्यटकिय क्षेत्र बन्नेछ । जसले गर्दा आन्तरिक तथा बाह्र पर्यटक आकर्षण गरि यस क्षेत्रको आर्थिक तथा सामाजिक पक्ष लाई सुधार गर्ने थप टेवा पुग्नेछ । यसरी यस्ता लुकेका र लुकाईएका
प्रकृतिका सुन्दर ठाउँ,यहाँका कला सस्कृति आदिलाई उजागर गर्ने तर्फ हामी सबैको ध्यान जान आवश्यक देखिन्छ ।
केहि तस्विर हरु