अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काका एयरलाइन्सलाई प्रतिबन्ध
अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काका एयरलाइन्सलाई प्रतिबन्ध

कोरोनाको कारण देखाउँदै यसअघि चीनले अमेरिकाका डेल्टा र युनाइटेड एयरलाइन्सलगायतले चीनमा गर्ने केही उडान रद्द गरिदिएको थियो।

    • बेल संचार

    • १० भाद्र २०७९, शुक्रबार

अमेरिका र चीनले एक-अर्काका एयरलाइन्सले गर्ने उडानलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन थालेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको पारवहन मन्त्रालयले एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सले न्युयोर्क र लसएन्जलसबाट गर्ने उडानलाई  प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्ध सेप्टेम्बर ५ देखि २८ सम्म लागु हुनेछ।

कोरोनाको कारण देखाउँदै यसअघि चीनले अमेरिकाका डेल्टा र युनाइटेड एयरलाइन्सलगायतले चीनमा गर्ने केही उडान रद्द गरिदिएको थियो।

कोरोना महामारी सुरू भएसँगै चीन र अमेरिकाले एक-अर्काका उडानलाई प्रतिबन्ध लगाउँदै आएका छन्।

साताकाे चर्चित
सम्बन्धित