तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् ’  
तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् ’  

 तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गर्नुभएको छ ।

    • बेल संचार

    • १४ भाद्र २०७९, मंगलवार

काठमाडौँ
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज–२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गर्नुभएको छ । हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्ने उहाँको विश्वास छ । उपराष्ट्रपतिले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

चाड पर्वहरुले सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गर्दै उहाँले नेपालका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक रहेको बताउनुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित