भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता

परराष्ट्र सचिव पौड्याल परराष्ट्र सचिवस्तरीय बैठकका लागि नयाँ दिल्ली पुगेका बेला विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्।

    • बेल संचार

    • ३० भाद्र २०७९, बिहीबार

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

नयाँ दिल्लीमा बुधबार भएको भेटवार्तामा नेपाल-भारत द्विपक्षीय हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्र सचिव पौड्याल परराष्ट्र सचिवस्तरीय बैठकका लागि नयाँ दिल्ली पुगेका बेला विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्।

यसअघि सचिव पौड्याल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच पनि नेपाल-भारत सम्बन्धबारे विभिन्न विषयमा छलफल भएको थियो।

साताकाे चर्चित
सम्बन्धित