मीन भामको फिल्म ‘चिसो वर्ष’को अडिसनमा छानिए सोनम तोप्देन
मीन भामको फिल्म ‘चिसो वर्ष’को अडिसनमा छानिए सोनम तोप्देन

‘यी दुईमध्ये एक जना फिल्मको प्रमुख भूमिकामा कास्ट हुनुहुनेछ,

    • बेल संचार

    • ३१ भाद्र २०७९, शुक्रबार

काठमाडौं । विश्वचर्चित नेपाली फिल्म ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भामको नयाँ प्रोजेक्ट ‘चिसो वर्ष’को प्रमुख भूमिकामा सोनम तोप्देन हुने सम्भावना बलियो छ ।

किनभने, उक्त फिल्मको दुईवटा अडिसनमध्ये पहिलो चरणमा सोनम छानिएका छन् ।

सोनमसहित तिब्बती मूलका अर्का एक अभिनेता पनि उनीसँगै छनोट भएका छन् । निर्देशक भामका अनुसार अडिसनको दोस्रो चरणमा यी दुईमध्ये एक जना फिल्मका लागि छनोट हुनेछन् ।

‘यी दुईमध्ये एक जना फिल्मको प्रमुख भूमिकामा कास्ट हुनुहुनेछ,’ भामले  भने, ‘सोनमको सम्भावना पनि बलियो छ ।’

पुसदेखि छायांकन सुरु हुने फिल्मलाई अहिले मीन स्वयंले लेखिरहेका छन् । भेराइटी म्यागजिनका अनुसार जीवन बाँच्नका लागि महिला पात्रले गर्ने संघर्षको कथा पेश गर्ने फिल्मलाई रोड जनराको फिल्म भनिएको छ । पितृसत्ता बलियो भएको एक हिमाली गाउँको कथा यसले भन्छ ।

एक गर्भवती तिब्बती महिला शरणार्थी जो हराएका पतिको खोजीमा निस्किएकी छन् । हराएका पति खोज्न आफ्ना देवरसँग यात्रामा निस्किएकी ती महिलाको उतारचढाव फिल्मको कथावस्तु हो ।

नेपालीभाषी भारतीय नागरिक सोनमको डेब्यु अभिनय रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ यसै महिना रिलिज भएको थियो । उनी गायक समेत हुन् ।

साताकाे चर्चित
सम्बन्धित