ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्।
ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको रोयटर्सले जनाएको छ।
शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ।
ताइवानको पर्यटकीय क्षेत्र लियुसी पर्वतीय क्षेत्रमा सडक अवरुद्ध हुँदा ६ सय जना बढी फसेका थिए। उनीहरुको शकुशल उद्दार गरिएको छ।