काठमाडौंको गोठाटारमा चल्यो गोली, एक घाइते
काठमाडौंको गोठाटारमा चल्यो गोली, एक घाइते

तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

    • बेल संचार

    • ३ आश्विन २०७९, सोमबार

काठमाडौं

काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे ।

तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित