खेलाडीद्वयलाई नगदसहित सम्मान
खेलाडीद्वयलाई नगदसहित सम्मान

पालिकाले कबड्डी, भलिबललगायतका सम्भावना बोकेका खेलका खेलाडीलाई प्रशिक्षण दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

    • बेल संचार

    • २६ आश्विन २०७९, बुधबार

इनरुवा,

प्रदेश नं १ कै उत्कृष्ट कबड्डी खेलाडी बन्न सफल भएकी जानकी उराव र गङगा सरदारलाई सम्मान गरिएको छ । कोसी गाउँपालिकाको कार्यालयले मङ्गलबार कोसी–३ स्थित राष्ट्रिय मावि शोभनपुरमा कार्यक्रमको अयोजना गरेर खेलाडी उरावलाई गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले सम्मानपत्र र नगद रु ११ हजार प्रदान गर्नुभयो ।

त्यसैगरी सुनसरीको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय कबड्डी खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने अर्की खेलाडी सदालाई पनि अध्यक्ष अन्सारीले सम्मानपत्र र नगद पाँच हजारसहित सम्मान गर्नुभएको गाउँपालिकाका समाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिनुभयो ।

उहाँहरूले प्रतिनिधित्व गरेको सुनसरी जिल्लाले प्रदेशस्तरीय कबड्डीको स्वर्ण पदक जितेको थियो । यसैगरी उनीहरूलाई प्रशिक्षण दिने कबड्डी प्रशिक्षक तरुण यादवलाई समेत सम्मान गरिएको छ । कोसी गाउँपालिकाले आयोजना गर्दै आएको अध्यक्ष कप खेलकुद प्रतियोगिताको परिणामस्वरूप कबड्डी खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको अध्यक्ष अन्सारीले बताउनुभयो ।

पालिकाले कबड्डी, भलिबललगायतका सम्भावना बोकेका खेलका खेलाडीलाई प्रशिक्षण दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

बिदाइ तथा सम्मान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, नेपाली काङग्रेसबाट सुनसरी–४ (क) का उम्मेदवार महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल, कोसी–३ का वडाध्यक्ष सुलेमान मन्सुरी, २ का वडाध्यक्ष ध्यानी उराव, राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण राउत, नेपाली कांग्रेसका कोसी उपसभापति धर्मेन्द्र विश्वासलगायतको सहभागिता थियो ।

साताकाे चर्चित
सम्बन्धित