सलाहको कीर्तिमानी ह्याट्रिकसँगै लिभरपुलको फराकिलो जीत
सलाहको कीर्तिमानी ह्याट्रिकसँगै लिभरपुलको फराकिलो जीत

यससँगै उनी च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक चाँडो ह्याट्रिक पूरा गर्ने खेलाडी बने ।

    • बेल संचार

    • २७ आश्विन २०७९, बिहीबार

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जीत निकालेको छ ।समूह चरण अन्तर्गत बुधवार राति लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।

मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जीत निकालेको हो ।

खेलको ७६, ८० र ८१ औं मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गरेका थिए ।

यससँगै उनी च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक चाँडो ह्याट्रिक पूरा गर्ने खेलाडी बने ।

सलाहको ह्याट्रिकसँगै लिभरपुल ६-१ ले अघि रह्यो ।

सपछि खेलको ८७ औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई ७-१ को जीत दिलाए ।

जीतसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ ।

समूह ए को लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

रेन्जर्स अंक विहीन रहदै पुछारमा रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित