र्यापर बादशाहले पहिलो पत्नी जैसमिनसँग २ वर्ष पहिले अलग भएका थिए ।
डिभोर्सपछि उनी सिंगल रहेको चर्चा भारतीय मिडियादेखि भारतीय संगीत उद्योगसम्म चल्ने गर्थ्यो ।
तर २ वर्षपछि भने उनी फेरि प्रेम जीवनमा फर्किएका छन् ।
उनी पञ्चाबी नायिका ईशा रिखीसँग प्रेममा रहेको र नियमित डेट गरिरहेको चर्चा फेरि चल्न थालेको छ ।
उनी ईशासँग एक वर्षअगाडिदेखि सम्बन्धमा रहेको बताइएको छ ।