आयोजना प्रमुख मित्र बरालका अनुसार ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ । भौगर्भिक रुपमा कुनै समस्या नआए निर्धारित समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने उनले बताए ।
यो आयोजनाको ठेक्का नलाग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते शिलान्यास गरेका थिए ।
कसरी बन्छ आयोजना ?
यो आयोजना मुख्य रुपमा सिँचाइमा केन्द्रित छ । तर, पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
सिंचाइ विभागले यो आयोजनालाई मधेश प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमा ब्याख्या गर्दै आएको छ ।
बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेशमा पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको विश्वास छ ।
तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ ।
मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिंचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याउन सकिनेछ ।
मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिंचाइ नहरमा लगिनेछ ।
मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित बिजुली रािष्ट्रय प्रसारण लाइनमा जोडिनेछ ।
यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमा झर्नेछ ।