थापाथली अस्पतालमा प्रसुति गराउन सँगै आएका श्रीमान छोरी जन्मिएपछि ३ तलामाथिबाटै हामफाले !
थापाथली अस्पतालमा प्रसुति गराउन सँगै आएका श्रीमान छोरी जन्मिएपछि ३ तलामाथिबाटै हामफाले !

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् ।

    • बेल संचार

    • २८ आश्विन २०७९, शुक्रबार

काठमाडौं

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् ।

श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।

प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् ।

उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।

हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित