नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटरमा निशाको कीर्तिमान तोड्दै सरस्वतीले जितिन् स्वर्ण
नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटरमा निशाको कीर्तिमान तोड्दै सरस्वतीले जितिन् स्वर्ण

ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् ।

    • बेल संचार

    • २९ आश्विन २०७९, शनिबार

पोखरा

नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्ड समय सहित कास्य जितिन् ।

सरस्वतीले बनाएको कीर्तिमान ह्याण्ड टाईमिङ कीर्तिमान हो । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डसहित स्वर्ण जितेकी थिइन् ।

सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद सागमा देवी माया पनेरुले बनाएको १२:१९ सेकेण्डको टाइमिङ भने ईलेक्ट्रोनिक टाइमिङ हो ।

साताकाे चर्चित
सम्बन्धित