बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित, दीपिका नवौं स्थानमा
बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित, दीपिका नवौं स्थानमा

संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् ।

    • बेल संचार

    • ३१ आश्विन २०७९, सोमबार

काठमाडौं

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् ।

संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् ।

ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट वैज्ञानिकले बर्सेनि यस्तो सूची सार्वजनिक गर्ने गरेका छन् । यसअघि हलिउड अभिनेत्री एम्बर हर्ड पनि सूचीको शीर्षस्थानमा परेकी थिइन् ।

विवरणअनुसार बेलायती प्लास्टिक सर्जन डा. जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताइन् ।

यो सूचीमा हलिउड अभिनेत्री जेन्डाया र मोडल बेला हदिद क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

‘शारीरिक पूर्णताको लागि मापन गरिंदा जोडीका अनुहारका सबै तत्व पूर्ण पाइए । उनको नाक र ओठको पोजिसनिङले ९८.७ प्रतिशत अंक प्राप्त गरेको छ, जुन पूर्ण आकार प्राप्त गर्नबाट मात्र १.३ प्रतिशत मात्र टाढा छ । जोडीको नाकको लम्बाइ र चौडाले पनि उच्च स्कोर प्राप्त गरेको थियो,’ डा. सिल्भाले भनिन् ।

प्रतिवेदन अनुसार सौन्दर्यको मापदण्ड समेत मानिने गोल्डेन रेसियोलाई फि पनि भनिन्छ । जुन एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्न सूत्रहरु प्रयोग गरिन्छ ।

जोडी बाहेक जेन्डायाले ९४.३७ प्रतिशत, बेला हदिदले ९४.३५ प्रतिशत, बियोन्सेले ९२.४४ प्रतिशत, एरियाना ग्रान्डेले ९१.८१ प्रतिशत, टेलर स्वीफ्टले ९१.६४ प्रतिशत र दीपिका पादुकोणले ९१.२२ प्रतिशत अंक प्राप्त गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित