सुर्खेत
बैंकहरुले ब्याज बढाएको विरोधमा आन्दोलन सुरु भएको छ । सुर्खेतका व्यवसायीहरुले बैंक धर्ना सुरु गरेर विरोध जनाएका हुन् ।
आज (सोमबार) सुर्खेतका व्यापारी तथा व्यवसायीहरू बैंक धर्नामा बसेका छन् । चर्को रुपमा निरन्तर बढाइँदै आएको ब्याजका कारण आफूहरु मर्कामा परेको भन्दै बैंकहरुविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरिएको छ ।
आन्दोलित व्यवसायीहरुले हिजो आइतबारदेखि नै बैंक बहिष्कार गर्दै सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना कार्यक्रम सुरु गरेका थिए । यसलाइ आज पनि निरन्तता दिइएको छ ।
आन्दोलित व्यवसायीहरुले कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा कममा झार्न माग गरेका छन् । साथै विभिन्न शीर्षकमा सेवा शुल्क लिन नहुने, धितो लिलामी प्रक्रिया २०७९ चैतसम्म कायम राख्नुपर्ने र राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने लगायत माग अघि सारिएको छ ।