धनुषा,
नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झालाई जिताउन अनुरोध गर्नुभएको छ ।
गृहजिल्ला धनुषा आइपुग्नुभएको नेता निधिले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन सबै किसिमको सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ ”
उहाँले अबदेखि आफू गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताउनुभयो । निनिले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने जानकारी दिनुभयो । नेता निधिले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।