युवा पुस्तामाझ चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ ले आफ्नो युट्युब च्यानलबाट गीत हटाएर फेरि अपलोड छन्।
बुधबार उनले केहीबेर गीत हटाएका थिए। त्यसपछि उनले फेरि गीत अपलोड गरेका हुन्।
यसअघि १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’ बोलको गीत बाहेक उनले सबै गीत हटाएका थिए।
उनले आफ्नो इन्स्टाग्रामबाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन्।
त्यसपछि उनका फ्यानहरूले समेत उनको मानसिक स्थिति ठिक नभएको भन्दै उपचार गराउनको लागि सुझाएका थिए।
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए।
नेपाली र्यापर गिरीश खतिवडाले आफ्नो भ्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए। यस्तै ‘हामी यस्तै त हो नि ब्रो’ गीत ल्याएर युवामाझ चर्चित बनेका थिए।