अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ ।

    • बेल संचार

    • २ कार्तिक २०७९, बुधबार

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ ।

‘स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल भर्ना हुनुभएको हो ।

अहिले आइसीयूमा उपचार भइरहेको छ,’ अस्पताल स्रोतले अनलाइखबरसँग भन्यो ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।

सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

साताकाे चर्चित
सम्बन्धित