कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त
कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो ।

    • बेल संचार

    • ४ कार्तिक २०७९, शुक्रबार

काठमाडौं

दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ ।

उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो ।

‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’ संघका सदस्य गोपाल ढकालले भने ।

निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन् ।

उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् ।

कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको छ ।

हल्ला फैलाउने सामाजिक सञ्जालका केही पेज र व्यक्तिलाई साइबर ब्युरोमा उजुरी दिने कलाकार संघको तयारी रहे पनि अधिकारीको आग्रहपछि रोकिएको छ ।

संघका कार्यवाहक अध्यक्ष सानुकुमार ताम्राकार लगायत सदस्यहरुले बारम्बार अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझिरहेको जानकारी पनि कलाकार संघले दिएको छ ।

साताकाे चर्चित
सम्बन्धित