काठमाडौ। विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।
आमसभा, र्यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । चाडबाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच पनि उम्मेदवारका कुरा सुन्न मतदाता उत्सुक देखिन्छन् ।
चुनाव हुन २६ दिन बाँकी रहँदा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका हुन् । मतदातासामु भए गरेका उपलब्धि सुनाउने र नौला प्रतिबद्धता जाहेर गर्ने क्रम चलिरहेको छ ।
त्यसैगरी देशभर स्वतन्त्र उम्मेदवारहरूको ह्विम चलेका बेला काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता हेम बहादुर ढुङ्गेल काठमाडौ ७ का मतदाता रिझाउन आकर्षक नारासहित घरदैलो र भेटघाटमा व्यस्त छन् ।
उनले आफू घर दैलो कार्यक्रममा त्यहाँका जनतासम्म पुग्दा पुराना दल र प्रतिनिधिसँग उनीहरू निरास भएको र विकल्पको खोजिमा रहेका पाइएकाले पनि त्यसको विकल्पकै रूपमा आफू उम्मेदवार बनेको र जनताहरुले आफुलाइ निर्वाचित गराउने बताएका छन् ।
उम्मेदवार ढुङ्गेलले पूर्वाधार, पर्यटन, कृषीलगायतका क्षेत्रमा आमूल परिवर्तन गर्दै देशकै आर्थिक समृद्धी र दिगो विकासका लागि आफ्नो नेतृत्वदायी भूमिका रहने दाबीसमेत गर्दै आएका छन्।
विकासको निम्ति प्रतिवद्द हेम बहादुर ढुङ्गेल निर्वाचित भएमा उल्लेखित एजेण्डालाई पुरा गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
हेम बहादुर ढुंगेल(आक्रोश)
प्रतिनिधिसभा सदस्य पदको स्वतन्त्र उम्मेदार
काठमाडौ क्षेत्र नं.७
आदरणिय आमाबुबा,दाजु भाइ,दिदिबहिनि तथा मतदाताहरु !
म काठमाडौ क्षेत्र नं.७ प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदार हेम बहादुर ढुंगेल(आक्रोश) मेरो चुनाव क्षेत्रमा के के काम गर्नलाइ कोशिश गर्छु भन्नेकुरा यहाँहरुमा राख्न चाहान्छु । निति निर्माण तहमा सक्षम युवा नेतृत्व भन्ने मुल सिद्घान्त सगै मेरा आधारभुत प्रथामिकताहरु निम्नअनुसार हुने व्यहोरा अनुरोध गर्दछु ।
१. शिक्षा,संचार तथा प्रविधि
गुणस्तरीय आधारभुत शिक्षा सरकारी शिक्षालाइ गुणस्तरीय बनाउन काठमाडौ क्षेत्र नं.७ मा रहेका सम्पुर्ण विद्यालयहरुलाइ आधुनिककरण गर्ने साथै स्रोत र साधन व्यवस्थित गर्ने ।
विद्यालयहरुलाइ व्यवस्थित ढुंगेलले शिक्षालाइ विशेष प्रथामिकतामा राखि सम्बन्धित निर्वाचन क्षेत्रमा स्तर बृद्घिको लागी पहल गर्ने ।
निर्वाचन क्षेत्रमा रहेका विद्यालयहरुलाइ पुर्ण रुपमा प्रविधिमैत्री बनाउनमा पहल गर्ने ।
डिजिटल वडाको अवधारणको कार्यन्वयनमा ल्याइ सेवा प्रवाहलाइ प्रभावकारी बनाइने ।
२.स्वास्थ्य
निर्वाचन क्षेत्रमा प्रथामिक उपचारको लागि एकीकृत स्वास्थ्य सेवा जहाँ प्रयोगशाला सेवा सहितको सबैलाइ पहुँच पुग्ने ठाँउमा निर्माण गर्ने ।
स्वास्थय चौकिहरुबाट प्रदान गरीने सेवालाइ प्रभावकारी स्पमा संचालन गर्ने ।
३.रोजगारीमा तथा कृषि
कृषि उत्पादनलाइ व्यवसायिक रुपमा वजार व्यवस्थापन गर्ने जसको लागि आवश्यक पर्ने सुलभ कृषि कार्डको लागि किसानलाइ सहयोग गर्न पहल गर्ने
स्थानिय स्रोत र समाग्रीका भरपुर परिचालन,उत्पादन र प्रयोगमा जोड दिने ।
कृषिमा उन्नत बिकास र उत्पादन गरी जनजीवन कृषिमा आधारीत बनाउन पहल गर्ने ।
होमस्टे सञ्चालन तथा टुरिजम आर्कषण गर्न क्षेत्र नं.७ मा रहेका विभिन्न ठाँउको चयन गर्ने ।
काठमाडौ क्षेत्र नं.७ मा रहेका ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको विकास निमार्णका लागि पहल गर्ने ।
४.मानव अधिकार
यस निर्वाचन क्षेत्रमा भएका गरिब दुःखी,निमुखा,दलित,महिला,बिपन्न समुदायलाइ मानव अधिकारको प्रत्याभुति गराउने गरी पहल गर्ने ।
५.सामाजिक बिकास
प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था लागु गर्ने पहल गर्नेछु ।
गैरआवसिय नेपालीहरुलाइ आफ्नो मताधिकार सुनिक्षित हुने व्यवस्था लागु गर्ने।
निर्वाचन क्षेत्रका प्रत्येक वडामा जनताको हरेक समस्याहरुलाइ छिट्टो भन्दा छिट्टो समाधान गर्ने किसिमको योजना बनाउने ।
निर्वाचन क्षेत्रको प्रत्येक जनताहरुको घर घरमा पिउन योग्य पानि ल्याउने ।
अस्तव्यस्त संरचना जस्तै बाटोघाटो, मठमन्दिर र सडक मिचेर बनाइएका घरटहराहरुलाइ व्यवस्थित गर्ने ।
काठमाडौवासीले फाल्ने फोहरमैलालाइ त्यस ठाँउको जनताको भावनालाइ कदर गदै व्यवस्थित तरीकावाट हल गर्ने।
निर्वाचन क्षेत्रभित्र ट्राफिक व्यवस्थापन जस्तैःसवारीसाधनको रुट व्यवस्थापन प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पहल गर्ने उचित ठाँउमा मात्र सवारीसाधन रोक्ने,यात्रु चढाउने ओराल्ने निश्चत ठाँउ तोक्ने ।
यातायताको पुर्वाधार निर्माण गर्ने,प्रत्येक सडकहरुको स्तरोन्नती गरी धुलो धुवाँ रहित वनाइ कालोपत्रे सडक सञ्जालसँग जोडन पहल गर्ने ।
निर्वाचन क्षेत्रलाइ राजधानिको नमुना ठाँउ वनाउने ।
मठ,मन्दिर,गुठि ,जात्रा,पर्व संस्कृतिको संरक्षण र प्रवधृन गर्ने ।
सार्वजानिक शोचालय र पाकिङको अनिवार्य प्रवन्ध गर्ने ।
सार्वजानिक जग्गाहरुको उचित संरक्षण गरी प्रत्येक वडाहरुमा जेष्ठ नागरिकहरुका लागि विश्राम स्थल, युवाहरुका लागि खेलमैदान,व्यामशाला तथा सुन्दर बगैँचासहितको पार्क निर्माण गर्ने ।
बैङिक क्षेत्रबाट लिएका ऋणको व्याजदरलाइ सुधार गर्न पहल गर्ने ।
भ्रस्टचार निवारण गर्ने र यस्ता व्यक्तीलाइ पत्ता लगाएर कारवाही गर्ने ।
माथि उल्लेखित प्रतिबद्धताहरु लागु गर्न नसकेमा जनताले प्रत्याहवान चाहेको खण्डमा तयार हुनेछु ।