विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने कांग्रेसको प्रतिबद्धता
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने कांग्रेसको प्रतिबद्धता

कांग्रेसले १५-२४ वर्ष उमेर समूहका महिलाको साक्षरता दर ९२ प्रतिशतबाट ९५ प्रतिशत पुर्‍याउने जनाएको छ।

    • बेल संचार

    • १२ कार्तिक २०७९, शनिबार

नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने कानुनी व्यवस्था गर्ने जनाएको छ।

शनिबार सार्वजनिक गरेको घोषणापत्रमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउन कानुनी व्यवस्था गरिने जनाएको हो।

‘प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउन तथा विश्वविद्यालयहरूलाई स्वायत्त प्राज्ञिक संस्थाको रूपमा सुस्थापित गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ।

कांग्रेसले १५-२४ वर्ष उमेर समूहका महिलाको साक्षरता दर ९२ प्रतिशतबाट ९५ प्रतिशत पुर्‍याउने जनाएको छ।

विद्यालयमा हाल २८ प्रतिशत इन्टरनेट सेवा पुगेकोमा आगामी ५ वर्षमा ८० प्रतिशत विद्यालयमा यस्तो सेवा पुर्‍याइ प्रविधियुक्त सिकाइलाई महत्व दिने पनि घोषणापत्रमा उल्लेख गरेको छ।

त्यस्तै, शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेत्रबाट मुक्त गर्दै संघीय शिक्षा ऐनमा उचित व्यवस्था गरिने समेत जनाएको छ। उक्त ऐन एक वर्षभित्र ल्याउने कांग्रेसको प्रतिबद्धता छ।

साताकाे चर्चित
सम्बन्धित