यस्तो पाकिस्तानका लागि शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्न बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
अर्धशतकमा १ रनले चुके रिजनवान
पाकिस्तानको दुई मुख्य ब्याटर कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजनवान सुरुका दुई खेलमा चाँडै आउट भएका थिए । जसले गर्दा मध्य क्रममा दबाब परेको थियो ।
नेदरल्याण्ड्स विरुद्ध पनि कप्तान बाबर ४ रनमै आउट आउट भए । रिजावानले भने राम्रो ब्याटिङ गरे पनि अर्धशतकबाट १ रनले चुके ।
यसै खेलबाट पुनरागमन गरेका फकर जमनले १६ बल खेल्दै १८ रन बनाए । शान मसुदले १२ रन बनाए ।
जितका लागि ९ रन आवश्यक हुँदा १३औं ओभरको पहिलो बलमा रिजवान ४९ रन बनाएर आउट भए । ९२ रनको लक्ष्य पूरा गर्ने क्रममा रिजवानले एक छेउबाट इनिङ्स सम्हालेका थिए । उनले ३९ बल खेल्दै ५ चौका प्रहार गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो ।
बास डे लिड ६ रन बनाएर रिटायर्ड हर्ट भए । पाकिस्तानका हरिस राउफको बलले लागेपछि उनी घाइते भएका थिए ।
नेदरल्याण्ड्सका लागि कलिन अकरमनले सर्वाधिक २७ र कप्तान स्कट एडवार्ड्सले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाकिस्तानका लागि शादब खानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।
शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस राउफले समान १ विकेट लिए । अफ्रिदीले ४ ओभरमा १९ र नसिमले ११ रन खर्चिए । राउफले ३ ओभरमा १० रन खर्चिए ।