कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन
कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन

जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ ।

    • बेल संचार

    • १६ कार्तिक २०७९, बुधबार

निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिका निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्तकाल रोक्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ ।
‘आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न भूमि आयोग, ताहाचल, काठमाडौलाई निर्देशन दिने निर्णय’ भएको तथा त्यसबारे भूमि आयोगलाई पत्राचारसमेत भइसकेको उल्लेख गरिएको छ ।

स्पष्टीकरणपत्रमा भनिएको छ, ‘त्यस नगरपालिकाले समेत आफू र आफ्नो मातहतबाट भइरहेका जग्गा नापजाँच लगायतका कार्यहरु तत्काल स्थगित गरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उक्त कार्यहरु नगर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्देशन दिइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’

साताकाे चर्चित
सम्बन्धित