मतदानमा सहभागी गराउन वार्ता ,विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी
मतदानमा सहभागी गराउन वार्ता ,विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी

नेकपाका कार्यकर्ताले मतदानमा भाग लिन चाहेमा प्रशासनले कुनै धरपकड नगर्ने प्रतिवद्धता खाणले  गरेका छन्।

    • बेल संचार

    • २२ कार्तिक २०७९, मंगलवार

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मतदानमा सहभागी गराउनका निम्ति सरकारले वार्ता गरेको छ।

नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए।

उनीहरूसँग आफूले आइतबार वार्ता गरेको मन्त्री खाणको भनाइ छ।

मंगलबार रूपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जेलमा रहेका त्यस पार्टीका कार्यकर्तालाई प्रक्रिया मिलाएर छोड्ने विषयमा छलफल भएको खाणले बताए।

‘पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरूलाई छोडिसकेकामा अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकेका छौँ,’ उनले भने।

नेकपाका कार्यकर्ताले मतदानमा भाग लिन चाहेमा प्रशासनले कुनै धरपकड नगर्ने प्रतिवद्धता खाणले  गरेका छन्।

‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन। हामीले वचन दिएका छौँ,’ मन्त्री खाणले भने, ‘तर, मतदातालाई आतंकित पारे सरकार चुप लाग्न सक्दैन। यो पनि भनेका छौँ।’

नेकपाका प्रवक्ता विश्वकर्माले सरकारको सन्देश पार्टीको बैठकमा राख्ने बताएका छन्। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्नका निम्ति विद्रोहको बाटो समातेका समूहलाई मूलधारमा ल्याउने पहल भइरहेको खाणले बताए।

साताकाे चर्चित
सम्बन्धित