डोटी भूकम्प ः दुईजना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो   
    डोटी भूकम्प ः दुईजना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो   

उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

    • बेल संचार

    • २३ कार्तिक २०७९, बुधबार

दिपायल, 
डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।

डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताउनुभयो । यस्तै बिष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरुको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित